(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं.२ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरूका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस क्रममा स्थानीयबासिन्दा केदारनाथ दाहालको विचार प्रस्तुत गरेका छौँ । कागेश्वरी खबर डटकममा अरू उम्मेदवार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)
केदारनाथ दाहाल/स्थानीयबासिन्दा
यो चुनावमा मूलतः मान्छेहरूले राजनीतिक विचार आफ्नो ठाउँमा लिएर जाने कुरा हुन्थ्यो होला । तर यहाँ चाहिँ प्रवृत्तिगत हिसाबले चाहिँ सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धन भन्दै पञ्चकालिन मण्डलदेखि उत्तरी ध्रुव र दक्षिण ध्रुव मिलेका मानसिकता गठ जोड भइरहेको सन्दर्भमा यो गठ जोड मुलत जनतालाई गुम राहामा राखेर ठगेर खान र जनतालाई झुट कुराहरूको स्थापित गराउने प्रवृत्तिका विरुद्ध पनि वैकल्पिक राजनीतिक शक्तिको विकास गर्नुपर्छ भने मान्यतामा आधारित रहेर नयाँ स्वतन्त्र उम्मेदवारीको खोजी अथवा चर्चा हामी रहेका छौँ ।
जहाँसम्म स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीको कुरा छ । उहाँ चाहिँ यस क्षेत्रको मतदाता र स्वाभाविक रूपले उहाँ वाम आन्दोलन एउटा योगदान पुराएको नवयुवा भएको हुनाले उहाँलाई प्रतिनिधित्व गराउनका लागि सकियो भने अथवा यो चुनावी अभियानमा हामीले उहाँलाई अगाडी लिन सक्यौ भने यो बिग्रिएको जनता ढाँट झुकाउन कुराहरू गर्दै नाम बजाएर झण्डा फरफराएर खानेहरूलाई श्रमजीवीको मुद्दा उठाएर खानेहरूको विरुद्ध लाग्नुपर्छ भने सन्देश दिने अभिनयका रूपमा हामीले उहाँको उम्मेदवारी लिएका छौँ ।
चुनावमा हारजित एउटा कुरा होला । हारियो भने यो अभियानलाई वृक्षारोपण गर्दै नयाँ राजनीतिक शक्तिको निर्माणमा अगाडी बढ्नु पर्छ भने सन्देशका साथ हामी अगाडि बढी रहेको अनुभूति हामीलाई भएको छ । त्यसै अनुसार हामीले उहाँलाई चुनावमा अगाडी बढाएका हौँ ।
यो क्षेत्र माधव नेपाल र विद्या भण्डारीले जितेर गएको क्षेत्र भनेर पनि भन्छन् । जनतालाई अहिलेसम्म यिनीहरू ढोँगी हुन् भन्ने भइरहेको छ । कम्युनिष्ट पार्टीको झण्डा उचाली रहे ।
‘जनतालाई हुनुपर्छ, चमेली सबैलाई बरोबर’ भनेर जनतालाई अहिलेसम्म ढाँटे ढाँटे गरिरहे । यो देशको नीति निर्माण तहमा पुग्दा खेरि समेत उनीहरूले अवस्था नगरेको इतिहास साँची हाम्रो अगाडी ।
जहाँसम्म विद्यादेवी भण्डारी र माधव नेपाल कुरा गर्नुहुन्छ भने मदन भण्डारीको मृत्युपछि पार्टी नेतृत्व पाउने माधव नेपालले उनको हत्याको तु सम्म पनि बोल्न सकेनन् । विद्यादेवी भण्डारीले आफ्नो श्रीमानको मृत्युलाई बेवास्ता गर्न पुगिन । किनभने त्यो सत्ताको अगाडी खानपिन अगाडी यी आदर्शहरू धुलिसात भए ।
यी क्रियाकलापहरूले यिनीहरू समेत ढोँगी हुन् भने कुराहरू प्रमाणित भएको छ । त्यो कुरोको पर्दाफास गर्ने हामीले स्वतन्त्रको सार्थकता ठानेका छौँ । उपयुक्त मानेका छौँ । त्यो कम्युनिष्ट आन्दोलनमा आएका कलङ्कहरू यी हुन् भने कुरोमा हामीले जनताको अगाडी बुझाउनु पर्छ भनेर मूल आशयका साथ हामी यो चुनावी अभियानमा रहेका छौँ।
यो क्षेत्र नम्बर २ को विकास गर्नको लागि दल भन्दा स्वतन्त्र उम्मेदवार आवश्यक छ । सक्नु नसक्नु ठुलो कुरा रहेन । यहाँ यिनीहरूले विकासका नाममा प्रतिनिधित्व गर्दै समाप्त गर्ने । यिनीहरू रोक्नु नै प्रमुख कुरा हो । विकास निर्माणको हकमा भन्नु हुन्छ भने यहाँ नजिकै हाम्रो सुन्दरीजल छ ।
राणा कालमै दक्षिणी एसियाकै पावर हाउस थिए । यिनीहरूले मात्र विकास गर्ने त होइन । विकास आफ्नो क्रमसँगै जान्छ। जहाँ कम्युनिष्टहरुले परिवर्तन गर्ने कुरा थियो । त्यो चाहिँ यिनीहरू भने मात्रै । जनतालाई ठग्ने मात्रै काम गरे । यो रोजेको स्वामित्वले विकास गर्ने हो ।
अहिलेसम्म प्रकाश अधिकारी जनताको तहमा जनताको लेबलमै रहेको र उनले जित्दा पनि यिनीहरूका जस्तो ढोँगी बनाएर खाने संरचना नबनाएको हुनाले उनका प्रतिबद्धता जे गर्नु भएको छ । इमानदार रूपले लाग्नु हुनेछ भने मेरो विश्वास रहेको छ ।
यिनीहरूले सबैलाई ठूलाठूला कुरा गरे राज्य नै परिवर्तन गर्ने कुरा गरे । तर आफू पनि र आफ्ना आसेपासे मात्र परिवर्तन गराए । त्यो काममा प्रकाश अधिकारी लाग्नुहुन्न भने विश्वास छ । किनभने संरचना नै प्रकाश अधिकारीको छैन । यस क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक भइसकेको छ । तर अहिले जनताले यहीँकै स्थानीयवासी हुनुपर्छ भनिरहेका छन् ।
यहाँ बाहिर र भित्रको कुरा भएन । सोच र चिन्तनको कुरा हो । बाहिरका आउँदा राज्यलाई ठग्ने होइन । स्वतन्त्र आउँदा जग्गा हडप्ने पनि आएको हामीले देखेका छौँ । त्यो हुनाले चिन्तन र उसले लिएको विचार पहिलो कुरा हो । यो बाहिर र भित्रको सवाल हुँदैन ।
किनकि सांसदको उम्मेदवार संसद् जित्नु र जितेर त्यहाँ पुगेर नेतृत्व गर्नु भनेको राज्य सञ्चालन नीति नियममा सहभागी भएर अघि बढ्नु हो । त्यसमा स्वतन्त्र हुँदा पनि बाहिर भित्र खासै फरक पर्ने थिएन । तर यी ठुलाबडाहरुले दुःख गराएर खाने बाहेक अरू केही सिकाएनन् ।








