(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं। २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरूका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस क्रममा साहित्यकार पुरुषोत्तम चापागाईंको विचार प्रस्तुत गरेका छौँ । कागेश्वरी खबर डटकममा अरू उम्मेदवार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)
पुरुषोत्तम चापागाईं (श्री पुरुष)/साहित्यकार
प्रतिनिधि सभा काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । म पेशाले एक साहित्यकार हुँ । प्रकाश अधिकारीको विषयमा मैले भन्नु पर्दा खेरि उहाँले गाउँ समाज देशलाई बुझ्नु भएको छ ।
अहिले धेरै स्वतन्त्र व्यक्ति देखिएका छन् । तर यी स्वतन्त्र कता कता परिचालित हुन् कि भने लाग्छ । यस क्षेत्रका उम्मेदवार अधिकारी भने कतैबाट परिचालित नभएको व्यक्ति र कुनै बहकाउमा नभएको व्यक्ति, एकदम स्वतन्त्र, निष्ठावान्, त्यागी विचार बोकेको उम्मेदवार हुनु हुन्छ ।
यस क्षेत्रमा पनि तीव्र प्रतिस्पर्धामध्येमा उहाँ पर्नुहुन्छ । उहाँको क्रेज दिन प्रति दिन बढ्दै छ । आज भोलि समाजमा गाउँ टोल, चिया पसलमा यति वर्षमा यी राजनीतिक दलकाले कहाँ पुराए त ? यसको निचोड निकाल्नुपर्छ । यो व्यवस्थालाई परिवर्तन गर्ने हिसाबलाई नै देशभरिबाट स्वतन्त्र उम्मेदवारलाई विजय गर्नु पर्छ भने लहर चलेको छ ।
उहाँ एउटा निष्ठावान् र एकेडेमी गाउँ समाज चिनेको मान्छे हो । उहाँ एउटा नीति नियम तहसम्म सजिलैसँग काम गर्ने योग्य भएको व्यक्ति आफ्नो बिचार र देश अनुकूल विचार राख्ने व्यक्ति पनि हुनुहुन्छ ।
यो देशमा जति पटक राजनीतिक दलहरूलाई निर्वाचित गराएर पठाउनु भो । जति चोटि पठाउनु भो । हामीलाई त्यति नै महँगीको डन्डीले हानि रहेका छन् । त्यति नै असुरक्षाको डन्डीले हानि रहेका छन् । त्यति नै लावारिस बनाई रहेका छन् । डन्डीले हानि रहेका छन् ।
हाम्रो गाउँ समाज र परिवारलाई अवसरबाट छुटाई रहेका छन् । यहाँ अध्ययन नै नगरी जस्तो खालको नेपाल बनाई रहेका छन् । त्यो कारणले पनि सबै कुराबाट मुक्त हुनका लागि नै अबको यो युग नै स्वतन्त्र र युवाको युग भइसकेको छ ।
अरु स्वतन्त्र उम्मेदवार पनि कोही बाहिरबाट आएर यहाँ चुनाव लडिरहेका छन् । अब उनीहरूको नयाँ रणनीति हो । असफल भइसकेपछि त्यो उनीहरूको जाल झेल हो । वर्गको राजनीतिक भएको वर्गीय राजनीति गरेको भए उनीहरू जहाँबाट आए पनि जहाँ बसे पनि यो देश हितको लागि यो भनेको त त्यो परिचय दिन नै आवश्यकता थिएन ।
अब यहाँ के भइदियो भने पछि अब वर्गको कुरा उठाउने तर अन्तिम तिर आफ्नै आसे पासे नाता गोतालाई ठाउँमा राख्ने र बाँकी जनताको जिम्मेवारी नलिने यो कारणले क्षेत्रीयतावाद आएको हो । केही हदसम्म पनि यो एउटा ठिकै होला । किनभने यो एउटा संसारलाई अब आफ्नो मौलिकता र आफ्नो पनको खोजी छ । त्यसैको एउटा उदाहरण प्रकाश अधिकारी हो ।
उहाँ विशुद्ध स्वतन्त्र उम्मेदवार भएकाले पनि उहाँले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ । अब उहाँलाई सबैले सहयोग गर्नुपर्छ । जिताउनुपर्छ ।








