‘अशोक खड्कालाई हामी सबैले सहयोग गर्नुपर्छ’ 

(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं। २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यस पटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरूका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस क्रममा भक्तपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष श्याम तजलेको विचार प्रस्तुत गरेका छौँ । कागेश्वरीखबर डटकममा अरु उम्मेदवार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)

श्याम तजले/अध्यक्ष, भक्तपुर जिल्ला तेक्वान्दो संघ  

यस पटकको चुनावमा काठमाडौँ क्षेत्र नम्बर २ (ख) बाट काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मलाई यो सुनेर गर्व लागेको छ । नेपाली खेलकुदको आशाको दियो मानिने खड्काले लौरो अभियानबाट उम्मेदवारी दिएर राजनीतिमा प्रवेश गर्नु राम्रो पक्ष हो ।

काठमाडौँ क्षेत्र नम्बर २ का सबै जनताले स्वतन्त्र उम्मेदवार खड्कालाई भोट दिएर जिताउनै पर्छ । उनी जस्तो सामाजिक अभियन्ता, समाजसेवी, खेलाडीलाई सबै जनताले सहयोग गर्नु हुन्छ भने विश्वास छ ।

खड्का खेल जगतमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र सक्षम खेलाडी रहेको हामीलाई थाहा नै छ । सबै जनताले स्वतन्त्र उम्मेदवार खड्कालाई भोट दिए आफ्नो मूल समस्या संसद्सम्म पुराउन अपिल समेत गर्दछु ।

उहाँ संसद्मा पुग्नु भनेको हाम्रो आवाज पुग्नु हो । हाम्रो मुद्दा तथा प्रतिनिधित्व संसदमा हुनु हो । अहिलेका राजनीतिक दलबाट कुनै पनि साथ सहयोग हामीलाई छैन । ठूला प्रतियोगितामा पनि जम्मै राजनीति गरेर हामी जस्ता खेलाडीलाई निराश बनाउने काम मात्रै भएको छ । अब अशोक खड्का त्यो ठाउँमा पुग्नुभयो भने उहाँले धेरै काम गर्नुहुन्छ । साथै काठमाडौँ क्षेत्र नं. २ (ख)का जनतालाई पनि धेरै राम्रो हुन्छ ।

उहाँ खेल क्षेत्रसँगसँगै कोरोना महामारी, भूकम्पको बेला पनि घर घरमा पुगेर राहत वितरण गर्ने मान्छे हो । जस्तोसुकै आपत् विपद्मा पनि आफ्नो क्षमता देखाएर काम गर्न रुचाउने खड्का यस क्षेत्रका जनताका लागि आशा र भरोसाको केन्द्र हो ।

अब तपाईं हामी सबै जनता मिलेर अशोकलाई जिताउनै पर्छ ।

[sidebar name="button post"]