काठमाडौँ क्षेत्र नं. २ बाट अशोक खड्काको उम्मेद्वारी घोषणा

काठमाडौँ : अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्काले प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । स्वर्णपदक विजेता तेक्वान्दो खेलाडीसमेत रहेका अन्तर्राष्ट्रिय रेफ्री खड्काले शनिबार काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

काठमाडौँको थलीमा शनिबार दिउँसो एक घोषणा सभा कार्यक्रम आयोजना गरि खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । उनले वर्षौ पुरानो खराब प्रवृत्तिबाट गुज्रिएका पार्टी र नेताहरुभन्दा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गरेका छन् ।

काठमाडौँ क्षेत्र नं. २ (ख) मा खड्काको राम्रो प्रभाव छ । स्थानीयले रुचाएका खड्कालाई राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेद्वारी दिन हौस्याएका छन् ।

‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छु,’ उनले उम्मेद्वारी घोषणा गर्दै भने, ‘मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाईहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु ।’

[sidebar name="button post"]