११ असोज, काठमाण्डौ। विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाण्डौ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाण्डौतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।
आकाशमा दुई घण्टासम्म फन्को मारेको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा गरेर अवतरण गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।












