११ असोज, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












