Ad #144479

११ असोज, काठमाण्डौ। काठमाण्डौमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाण्डौले जानकारी दिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार खोप प्रदान गर्न काठमाण्डौका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ।

काठमाण्डौ महानगरपालिकाको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अस्पताल तथा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुतीगृहमा खोप केन्द्र निर्धारण गरिएको छ।

खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ।