काठमाण्डौ उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित

७ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ३२४ कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २० हजार ७४३ सक्रिय संक्रमित रहेका छन्।