थप १२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

७ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हाल देशभर २० हजार ७४३ सक्रिय संक्रमित रहेका छन्।