काठमाण्डौ उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिए

२१ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ७४३ जना निको भएका छन् ।

हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।