काठमाण्डौमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

२१ भदौ, काठमाण्डौ। काठमाण्डौमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहको शिक्षा विभाग कर्मचारी र अभिभावक सहितको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर असोज १ गतेबाट विद्यालय खोल्न सक्ने निर्णय गरेको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेबाट विद्यालय खोल्न सक्ने अनुमति दिएको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन ।’

सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ ।