थप १,८९७ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

२१ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।

हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।