थप ३२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

१ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।

देशभर हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन्।