काठमाण्डौ उपत्यकामा थपिए १०३३ जना कोरोना संक्रमित

१ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १०३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।

देशभर हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन्।