१५ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्। त्यस्तै शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











