देशभर थप ३६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

१५ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।