१५ श्रावण, काठमाण्डौ। लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा पाण्डेय, यादव र पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए ।

[sidebar name="button post"]











