राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

२३ जेष्ठ, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेकी हुन् ।