डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

२३ जेष्ठ, काठमाण्डौ। डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको हो ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको छ ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको छ ।