काठमाण्डौ उपत्यकामा थपिए १४९३ जना कोरोना संक्रमित

१२ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ४ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा जिल्लामा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् भने १४५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।