आज नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या धेरै

१२ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

गत २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्।