Ad #144479

१२ जेष्ठ, काठमाण्डौ। कोरोना संक्रमणको बढ्दै गएपछि नियन्त्रण र रोकथाम गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव केही कम गर्न आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चामुण्डा मा.वि.पूर्व विद्यार्थी मञ्च र हाम्रो सहयोग अभियानले संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय तथा सामाजिक कार्यमा संग्लग्न ४१ जना व्यक्तिहरुले रक्तदानमा सहभागि जनाएको चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरेले बताउनुभयो ।

रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्चका सदस्यहरु स्थानीय युवाहरुसंगै चामुण्डा मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदी , बच्चुराम शर्मा, डा. सोमबहादुर धिमाल, स्थानीय समाजसेवी कृष्णहरी भण्डारी , चामुण्डा माविका शिक्षक तथा समाजसेवी सामाजिक अभियन्ता उद्धव रायामाझी, समाजसेवी तथा पत्रकार निर्मल अर्याल , गोविन्द काफ्ले ,श्री योगी लगायतका व्यक्तिहरु उपस्थित रहेको घिमिरेले जानकारी दिनुभयो ।

आज बुद्ध जनयन्तीको अवसर परेर कार्यक्रम गरिएको थियो । कार्यक्रम नारायणटार स्थित चामुण्डा माविको प्राङगणमा विहान ९ बजेबाट सुरु भएर ११ बजे सम्म चलेको थियो ।