घाँटी रेटिएको अवस्थामा २ जना बालकको शव फेला

४ जेष्ठ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जना बालकको शव फेला परेको छ। उनीहरु दाजुभाइ हुन्।

कलैया उपमहानगरपालिका ७ रंगपुर टोल बस्ने जफार अन्सारीका ९ वर्षका छोरा उस्मान र ७ वर्षका छोरा अमिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हाे ।

दुवैजना बालकको शव सोही स्थानमा निर्माणाधीन अवस्थामा रहेको मदर्साको भवनमा भेटिएको प्रहरीले जनाएकाे छ । सोमबार साँझ खेल्न गएका दुवैजना बालक बेपत्ता भएका थिए। मंगलबार बिहान दुवै जनाको विभत्स शव गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएकाे छ ।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेको तथा थप अनुसन्धानको लागि महोत्तरीको बर्दिबासबाट तालिमप्राप्त कुकुरको टोली मगाइएको छ ।