प्रधानमन्त्री ओलीको शपथविरुद्धको रिट प्रधानन्यायाधीश राणाको बेन्चमा

४ जेष्ठ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिटमा मंगलबार सुनुवाई हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको आफ्नो एकल इजलासमा सो मुद्दाको सुनुवाई गर्ने भएका छन् ।

साथै, संघीय संसद्मा सदस्य नरहेका सात जना मन्त्रीको पुन नियुक्तिसमेत गैरकानूनी भन्दै रिट निवेदकले पदमुक्त गर्न माग गरेका छन् ।

यसरी रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली,सन्तोष भण्डारी, नवराज अधिकारी र राजकुमार सुवाल रहेका छन् । रिटमा प्रधानमन्त्रीले शपथ लिंदा केही शब्द नै उच्चारण नगरी गर्न नपर्ने भनेकाले पुन: शपथ लिन माग गरिएको छ ।

गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गरेका थिए ।