२० चैत्र, जाजरकोट । जाजरकोटमा गाडी रुटको विषयमा विवाद हुँदा १ जनाको मृत्यु भएकाे छ । यातायात मजदुरबीचको झडपमा १ जनाको मृत्यु भएको छ भने, ६ जना पक्राउ परेका छन् ।
जिल्लाको बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको हाे । प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।
झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको छ ।
[sidebar name="button post"]











