प्राय समाजमा अहिले पनि धेरै यौनरोगलाई लुकाउने चलन छ । यौन दुर्बलता भनेको त्यस्तो समस्या हो, जसमा जोडीले यौन गतिविधिबाट सन्तुष्टि प्राप्त गर्न सक्दैन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् ।
यस्ता छन् यौन दुर्बलता हुँदा देखिने लक्षण :
– यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात् महसुस गर्ने खालका हुन्छन् । सहबासको बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् ।
– दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढ्दै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ ।
– यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा समस्या झन् बढेर जान सक्छ।
– यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् । रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो ।
– व्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै:मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि।
– यौन शक्ति शारीरिक र मानसिक दुवैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ ।










