बागमति सरकारका ३ मन्त्रीद्वारा राजिनामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता

१० पुष, काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका ४६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि ओली सरकारका मन्त्रीहरुले राजिनामा दिएका हुन् ।

नेकपाका संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल शरद र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले पदबाट राजिनामा दिएका हुन् ।

[sidebar name="button post"]