सास गन्हाएर हैरान हुनुहुन्छ ? यसरी छुटकारा पाउनुहोस्

एजेन्सी । धेरै मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। सामान्य गन्ध छ भने त दोस्रो व्यक्तिले केही नभन्ला तर अति नै भयो भने त ऊ मुखै फोरेर भन्न बाध्य हुन्छ। यस्तो अवस्थामा निकै नराम्रो महसुस हुन्छ। यसबाट बच्न घरमै केही गर्न सकिन्छ।

दाँतलाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्। यसले गर्दा अरुको अगाडी गएर निस्फिक्री कुरा गर्न नसकिने वा अरुले पनि तपाईंलाई त्यति धेरै मन नपराउने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ।

तर कतिपय अवस्थामा आफ्नै लापरबाह वा मुखको राम्रो सफा नगर्नाले यस्तो समस्या आउँछन्। सास गनाउने समस्या रोक्न यस्ता घरेलु चिजहरु छन् जुन प्रभावकारी र अचुक औषधी सावित भइसकेको छ। यस समस्या बाट छुटकारा पाउन बेकिंग सोडा एक अचुक औषधी हो जसले सास गन्हाउने समस्यालाई पूर्ण रुपमा हटाउँछ।

१.बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

२.ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।

३.ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४.कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५.हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।

[sidebar name="button post"]