असोज २२ , काठमाण्डौ। आज साँखु फड्केशर बाहुनेपाटी सडक मनमोहन मार्ग निर्माण शुभारम्भ कार्यक्रम नाग्लेभारेमा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले शिलन्यास गर्नुभएको छ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक २ का सांसद शेर बहादुर तामाङ, प्रदेश सांसद मणिराम फुयाल, जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल ,सडक डिभिजनका प्रतिनिधि उमेश सुवेदी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता शंकरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले गर्नुभएको थियो।
मनमोहन अधिकारीको निर्बाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अबधारणा बिकास गरिएको बताउनु भयो। सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रबेशद्वार रहेको र साखु फड्केश्वर बाहुनेपाटी सडक स्तरउन्नति हुँदा प्रत्येक्ष फाईदा सिन्धु बासिलाई हुने बताउनुभयो। कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले समाजबादी ब्यबस्था बिश्वमै उत्कृष्ट रहेको कोभिडको सन्दर्भमा उत्कृष्ट उदाहरण विश्व सामु चिनले पेश गरेको बताउनुभएको भयो।
बिकास निर्माणको सन्दर्भमा विभिन्न देशले एक बर्ष भित्रै विभिन्न काम गरिरहेको देखिएको र हाम्रो चाबहिल सांखु सडक पटक पटक मन्त्री सहित लाग्दा पनि ढीलासुस्ती भएकोमा चिन्ता प्रकट गर्नुभयो। पर्यटण प्रबर्द्धन गर्नका निम्ति गणेशमान पार्क लगाएत धेरै रमणीय स्थल रहेको बताउँदै बिकासमा राजनितिक दल भन्दा माथी उठ्नुपर्ने बताउँदै काठमाडौ क्षेत्र न. २ बाट मनमोहन अधिकारी, मदन भण्डारी, प्रदिप नेपाल, बिद्या भण्डारी लगाएतका महत्त्वपूर्ण नेतृत्वले यस क्षेत्रको प्रतिनिधि पाएको स्मरण गर्नुभयो।










