असोज २२, काठमाडौँ। देशभर कोरोना भाइरसको सक्रिय संक्रमित २६ हजार ६ सय ८४ पुगेका छन् । जसमा संस्थागत आइसोलेसनमा ११७१७ र होम आइसोलेसनमा १४९६७ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर ४३६४ संक्रमित थपिएको जानकारी दिनुभयाे । उहाँका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् ।
यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २५४० जनामा संक्रमण पुष्टि भएको छ।
[sidebar name="button post"]









