दुर्लभ केस : थापाथलीमा शल्यक्रिया गरी एकैपटक पाँच शिशु निकालियाे

असोज १९, २०७७ काठमाडौंकाे थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक २८ वर्षीया महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन्। ५ मध्ये ४ जना जीवित रहेको र १ जनाकाे भने जन्मनुअघि नै मृत्यु भइसकेकाे अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिनुभयाे।

डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो। जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ। ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ।

अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। जिवित चारै जना छोरी रहेको र मृत्यु भएका एक शिशु छोरा रहेको बताइएको छ । एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिन्छ ।

[sidebar name="button post"]