थप २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १५३१ संक्रमित

असोज १९, पछिल्लो २४ घण्टामा नेपालमा थप २४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १५३१ जनामा संक्रमण पुष्टि भएको बताउनुभयाे ।

उहाँका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

[sidebar name="button post"]