जहरसिंह पाैवाका किसानसंग पारिवारिक निजि वन संघको अन्तरक्रिया : वन पाल्ने कि बाँदर र बँदेल पाल्ने किसानको गुनासो

रमिता दंगाल

असोज १८ , काठमाण्डौ। पारिवारिक निजि वन संघले काठमाण्डौको शंखरापुर जहरसिंह पौवामा पारिवारिक निजि वनसंग आवद्द किसानसंग अन्तरक्रिया गरेको छ। कार्यक्रममा किसानहरुले आ- आफ्ना समस्या राखेका छन् ।

किसानहरुले धान, गहुँ, मकै, कोदो जस्ता बाली लगाउने र उत्पादन हुने ठाउँको विकल्पमा पहिरो जाने ठाउँ छ । त्यहाँ रुख बिरुवा लगाउने गर्छौं र वनको रुपमा परिणत हुन्छ र वनमा परिणत भैसकेपछि त्यसलाई सरकारले सामुदायिक वनको रुपमा अधिकरण गर्न खोज्छ। त्यहाँ उत्पादन भएको बिरुवा सरकाले काट्न नदिएको राजनप्रसाद तिवारीले गुनासो गर्नुभयो।

उहाँभन्नु हुन्छ ” ६ महिना काम गरेर वर्ष दिन खानु पर्ने ठाउँमा बोट बिरुवा लगाएको हुन्छौं। एक / दुई वर्षमा त्यो बोट बिरुवा काट्न योग्य हुन्छ त्यसरी बेचेर पनि जीवन निर्वाह गर्न सक्ने वातावरण बन्थ्यो त्यो चाहिं राज्यले दिइरहेको छैन। वनले गर्दा बाँदर र बँदेल अर्को जटिल समस्या निम्त्याएको छ र अन्य धान, मकै, गहुँ आदी सबै नास गरेको छ।”

किसानले बिरुवा लगाउने ठाउँको माटो कुन बिरुवाको लागि उपयुक्त हुन्छ त्यहि अनुसारको बिरुवा राज्यले उपलब्ध गराउनु पर्यो र कति किसानहरुको खेतिबारी नै नभएर पाखाहरुमा बोट बिरुवा लगाएर आय आर्जन गर्न सक्छन , काट्ने बेला भएपछि काटेर र्को बिरुवा लगाउन पाइयोस् र त्यस्तो खालको वातावरण राज्यले गरिदियोस् भन्ने माग समेत तिवारीले गर्नु भयो ।

त्यस्तै किसान गोपिनी दंगाल भन्नुहुन्छ -“६ महिना कमाएर एक वर्ष खानु पर्छ बाँदर बँदेलले धेरै दुख दिएको छ। बाँदर, बँदेलको लागि पनि सरकारले केहि गर्दे हुन्थ्यो। छिटो छिटो बढ्ने बोट बिरुवा लगाएर आम्दानी गर्न पाए सजिलो हुने र बाँदरले बालि नास गर्दा क्षतिपूर्ति दिए सजिलो हुने थियो।”

किसानहरुले आ आफ्नो निजि वन भए पनि आफुले आवश्यक परेको बेला आफुले नै उपभोग गर्न नपाउँदा एकदमै गाह्रो भैरहेको मुना अधिकारीले बताउनुभयो। भूगोलको हिसाबले पनि खोलाको तिरहरुमा बोट बिरुवा रोप्न सकिने छ, त्यसमा सरकारले बिरुवा दिएर प्रोत्साहन दिएर, आफुले रोपेको बिरुवा आफैंले उपभोग गर्न पाउने भन्यो भने त्यो चाहिं प्रोत्साहन हुन सक्ने उहाँले बताउनुभयो।

किसानहरुले लगाएको बालिनाली बाँदर र बँदेलले नास गर्दा किसानहरु मर्कामा परेको र खेति योग्य जमिनमा पनि विभिन्न प्रकोपको कारण खेति नभएर बाँझो छ, त्यहाँ बोट बिरुवा लगाउँदा पनि किसानहरुले आफैं काटेर बेच्न पाउँदैनन्। ठेकेदारहरुले कौडीको भाउमा बेच्छन र किसानहरुकाे ५० हजार पर्ने रुख छ भने ५ हजारमा बेच्न बाध्य छन्। सरकारले नीति बनाएर आफ्नो निजि वनमा हुर्केका रुख आफुले काट्न पाउने नियम आयो भने किसानहरुलाई राहत हुने, वन्यजन्तु नियन्त्रण गर्नको लागि पनि केहि पहल गरिदिए ठुलो राहत मिल्ने विदुरप्रसाद दंगालले भनाई थियो।

पारिवारिक निजि वनको परिभाषा दिंदै पारिवारिक निजि वन संघको केन्द्रिय उपाध्यक्ष सुशिला खतिवडाले किसानहरुले लगाउनु भएको रुख बिरुवा आफ्नो उपभोगको लागि प्रगोग गर्न मिल्ने र आवश्यक परेको आय आर्जनको लागि बेला बेच्न पाउनु पर्छ भन्ने कुरा नीति तह मै सुनिश्चित हुनुपर्छ र राज्यको नीति तह मै यो कुरा लेखिएर आउनुपर्छ भनेर पारिवारिक निजि वन संघले आवाज उठाउँदै आएको बताउनु भयो।

माटो अनुसारको बिरुवा चाहियो, नीति तहमै नगरपालिका, वडाले पनि पारिवारिक निजि वनलाई संरक्षण गर्ने काम गर्नुपर्यो भन्ने नै कार्यक्रमको उदेश्य रहेको उहाँले बताउनुभयो। नीति तथा कार्यक्रममा पारिवारिक वनलाई पनि समेट्नु पर्छ भनेर आफुले गर्नुपर्ने भूमिका निभाउने पनि बताउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ जिल्ला समन्वय समितिका उप-प्रमुख सरिता दाहालले स्थानीय सरकार, केन्द्र सरकार र प्रदेश सरकारमा पनि वनको जिम्मेवारी रहेको र आफ्नो कुरा राखेर जानुपर्ने बताउनुभयो। अहिले बन्दै गरेको ऐन, नियमहरुमा प्रदेश केन्द्रसम्म आफ्नो आवाज पुर्याउन सके राहत पाउने र बाँदर र बँदेलको समस्या पनि व्यवस्थापन गर्नुपर्छ र सरकारको जोड पनि कृषिमा रहेको बताउनुभयो ।किसानहरुले जसरी अरु अन्न बालि बेच्न पाउनु हुन्छ त्यसरी नै बोट बिरुवा पनि हुर्कीसकेपछि काट्न पाउनुपर्छ र आफ्नो तर्फ़बाट सक्ने पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

त्यस्तै पारिवारिक नीजि वन संघको काठमाण्डौ जिल्ला सदस्य शान्ता थापाले किसानहरुले जसरि दुख गरी धान, गहुँ, मकै आफै उत्पादन गरेपछि उपभोग गर्न पाउनुहुन्छ, त्यसरी नै पारिवारिक निजि वनले पनि आफुले उत्पादन गरेको बोटबिरुवा आफ्नो इच्छा बमोजिम उत्पादन गर्न पाउने, आय आर्जन गर्न पाउने गरि राज्यले नीति बनाइदिनुपर्ने बताउनुभयाे । यसाे हुन सके किसानहरु उत्साहित भएर मेहनत गर्ने उहाँको भनाइ छ । उहाँले रुख बिरुवा तयार भएपछि आफु खुशी बेचबिखन गर्न पाउने राज्यले नीति बनाइदियोस् भन्ने माग गर्नु भयो।

काठमाण्डौ जिल्ला अध्यक्ष रिता फुयालले किसानहरुले आफुले खेति बालि भित्र्याउन नपाउँदा ठुलो क्षति भएको बताउंदै वन मात्र उत्पादन गर्ने कि बाँदर बँदेलले नाश गरेको बालिको क्षती पूर्ति पनि उपलब्ध गराउने भन्नुभयाे ।काठमाण्डौ जिल्ला अध्यक्ष रिता फुयाल चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्वागत मन्तब्य दिनुभएको थियो।। कार्यक्रम पारिवारिक निजि वन संघको केन्द्रिय उपाध्यक्ष सुशिला खतिवडाको कार्यक्रमले आयोजना गर्नु भएको थियो।

[sidebar name="button post"]