सुमित्रा लुईटेल
असोज ८, बाग्मती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमका लागि करार सेवामा कर्मचारी माग गरेको छ। प्रदेश सरकारले एक सामुदायिक विद्यालय बराबर एक नर्स कार्यक्रम अन्तरगत विद्यालयमा नर्स लगाएतको अन्य विभिन्न पदमा करार सेवामा भर्नाको लागि सूचना प्रकाशित गरेको हो ।
उक्त कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७६/७७ मा ११९ पालिकामा पहिलो बर्ष २० वटा विद्यालयमा नमुनाको रुपमा पाइलट प्रोजेक्टको रुपमा काम गरिसकेको छ ।
त्यसैगरी चालु आर्थिक वर्ष २०७७/७८ मा प्रत्येक स्थानीय तहका थप २ वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्न २३७ विद्यालयमा नर्स लगाएत अन्य विभिन्न पदमा करार सेवामा भर्नाका लागि सामाजिक विकास मन्त्रालयद्वारा दरखास्त आह्वान गरिएको छ।
यो वर्षमा एक पालिकामा कम्तिमा ३ सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु हुनेछ । सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम पुर्याउने प्रदेश सरकारको योजना छ ।
थप जानकारी mosd.p3.gov.np तथा फोन नम्बर ०५७५२४२९७ र मोबाइल ९८५१२३९०२० बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।







