१ असोज, काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाको नीजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिए पछि सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ ।
सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिए पछि सभापति देउवाको होम क्वरेण्टीमा बस्नुभएको छ भने आज हुने भनिएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित हुने भएको छ । भोलि देउवाको स्वाब परीक्षण गरिने उहाको सचिवालय स्रोतले जानकारी दिएको छ ।
हिजोको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा गरि संवैधानिक निकायको नियुक्ति गर्ने भनिए पनि देउवा होम क्वरेण्टीमा वसे सङगै बैठक अन्ल्योलमा परेको छ ।
[sidebar name="button post"]









