भाद्र २१ , काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथका कारण अत्यावश्यक सेवाका गाडीलाई आज पनि डाइभर्सन गरिएको छ । जावलाखेलबाट पुल्चोकतर्फ आउने गाडीलाई अल्कामोडबाट डाइभर्सन गरी सरस्वतीथान हुँदै चलाइएको छ ।
पुल्चोक हुँदै जाने गाडीलाई बखुण्डोल र मंगलबजारबाट पुल्चोक आउनेलाई मदन स्मारक स्कुल अगाडीको चोकबाट डाइभर्सन गरिएको छ ।
यस्तै, थापाथली, सानेपा, बालकुमारी, ग्वार्को लगायतका रिङरोडभित्र प्रवेश गर्ने गाडीहरुलाई प्रवेश गर्न दिइएको छैन ।
काठमाण्डौ उपत्यकाको अन्य ठाउँ अत्यावश्यक सेवाका गाडीलाई नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
[sidebar name="button post"]









