काठमाण्डौ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २१ , काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै उहाँले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

[sidebar name="button post"]