निषेधाज्ञा उल्लङघन गर्ने ६ सय ४२ गाडी होल्ड

भाद्र २१ , काठमाडौं ।काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङघन गर्ने ६ सय ४२ वटा गाडी होल्ड भएका छन् ।

आइतबार ४ बजेसम्म ५ सय १ दुई पाङग्रे र १ सय ४१ चारपाङग्रे गाडी होल्ड भएका हुन् । हिजो पनि काठमाण्डौ उपत्यकामा ६ सय ३० गाडीलाई होल्ड गरेर छोडिएको थियो ।

पछिल्लो समय निषेधाज्ञा उल्ङघन गर्ने क्रम बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका बाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् ।

कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा २४ गतेसम्म निषेधाज्ञा लगाएको छ ।
यस्तै रातो मत्स्येन्द्रनाथको रथका कारण अत्यावश्यक सेवाका गाडीलाई आज पनि डाइभर्सन गरिएको छ ।

[sidebar name="button post"]