मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीको आयोजनामा शान्तिबाटिकामा सरसफाई

मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीको आयोजनामा रत्नपार्क स्थित शान्तिबाटिकामा सरसफाई कार्यक्रम हिजो सम्पन्न भयो।
उक्त कार्यक्रममा कमिटीका इन्चार्ज ध्रुब थपलिया तथा कमिटीका अध्यक्ष टीका पराजुलीलगायत कमिटिका पदाधीकारी, सदस्य एवम सामजिक अभियान्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
कमिटीका अध्यक्ष टीका पराजुलीका अनुसार स्वर्गीय जननेता मदन भण्डारी सम्पुर्ण नेपालीहरुका प्रिय नेता भएकोले जनआन्दोलन २०४६ का कमान्डर गणेशमानको प्रतिमा भएको ठाउँमा सरसफाइ गरी सामाजिक उतारदायित्त्व र राजनीतिक सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने थियो।त्यस कार्यक्रमको प्रारम्भ कमिटिका सचिब श्रीराम राईले सन्चालन गर्नुभएको थियो।
सामाजिक क्षेत्रमा मदन भण्डारी फाउन्डेसनले विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेकोमा नेपाल कम्युनिस्ट पाटीका सँस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा श्रावण महिनाभर विविध कार्यक्रम गर्ने योजनाअनुरूप हिजो काठमाडौ महानगर कमिटीले काठमाडौंको मुटुमा रहेको रत्नपार्कको शान्ति बाटिकामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कोरोना महामारीको सङ्क्रमणकालीन अवस्था भएकोले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी शान्ती वाटिका सरसफाई कार्यक्रम गरिएको थियो।