अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।
स्थानीय राजु दाहालका अनुसारस्थानीयहरु सोही ठाउँमै जोखिम मोलेर बसेका छन । उहाँले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने जानकारी दिनुभयो ।