पहिरोको उच्च जोखिममा परेको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।
पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको अध्यक्ष लामाले बताउनुभयो ।