काठमाण्डाैको दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै इनफ इज इनफका अभियान्ताहरु पक्राउ परेकाे छन् । पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत छन् ।
उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।
कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् ।