साउन १४ , काठमाडौं । प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो।
उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गरी मुख्यमन्त्री पौडेलले थाहानगरमा पनि प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख विष्णु प्रसार्इंसहित पुग्नुभएका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गर्नुभएको थियो ।
अवलोकनका क्रममा थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
पर्यटन प्रवद्र्धन नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग गर्ने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पौडेलका अनुसार प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोज अरूका लागि सिकाइको केन्द्र भएको जानकारी दिनुभयो।