मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकियो

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाकोे सुरुङ परीक्षणका क्रममा एक्कासी गेट खुल्दा दुई जना बेपत्ता भएपछि परीक्षण रोकिएको हो ।

बेपत्ता भएकामध्ये २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव भेटिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । चालक राधाकृष्ण थापामगरको भने अवस्था अझै थाहा हुन सकेको छैन ।

दुर्घटनापछि आयोजनाको परीक्षण स्वरूप पानी हाल्ने काम रोकेरसुरुङमा पठाइएको सबै पानी बाहिर निकालिएको छ । अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्ने भएकाले तत्काल पानी पठाउने योजना नरहेको आयोजनाले जनाएको छ ।

[sidebar name="button post"]