यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्स वितरण स्थगित

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स वितरण स्थगित गरेको छ।

अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने कार्यालयले स्पष्ट पारेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोरोनाको को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गएकोले वितरण कार्य स्थगित गरिएको जनाएको छ।