मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता

अजय खत्री
मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएकाछन् ।

आज बिहान १२ बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएको त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए ।

घाइतेहरुलाइ हेलिकप्टर मार्फत काठमाडौ लाने तयारी गरिरहेको छ ।

मेलम्ची  सुरुङको १७ नम्बर गेट  फुटेपछि आएको बाढीमा परि सिना हाइडाेका कर्मचारी शेखर खनाल र दावा लामा घाइते भएका छन् । बाढिले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे छ । क्षतिको थप बिवरण अाउन बाँकी छ । मेलम्ची खानेपानी अायाेजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

फोटो सागर खड्का