कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिका कार्यालय अघिल्तिरको सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।
चाबेल–साँखुसडक खण्डको थली क्षेत्रको सडकमा समस्या भएको स्थानीय गुनासो छ । यो क्षेत्र नगरपालिकाको ५ नम्बर वडाअन्तर्गत पर्दछ ।
यो क्षेत्रको सडक निर्माणको नाममा वर्षौं काम नभएको स्थानीयको भनाइ छ । स्थानीयहरू नगरपालिकाका मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोध गर्दै तालाबन्दीमा उत्रिएका हुन् ।
नगरपालिकाले भने उक्त सडक निर्माणको जिम्मा नगरपालिकाको नभई सडक विभागको जिम्मामा भएको बताउँदै आएको छ ।