Ad #144479

३ वैशाख, काठमाण्डौ। कोरोनाको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएपछि विद्यालय बन्द गर्न चौतर्फी दबाब परिरहेका बेला आज काठमाण्डौ महानगरपालिकाले अन्तर्गतका सबै विद्यालय एक साता बन्द गर्न निर्देशन दिएको छ । कामपाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।

विद्यालय बन्द गर्न स्वास्थ मन्त्रालयले पटक पटक सिफारिश गरेपनि निजी क्षेत्रका विद्यालय सञ्चालकको चर्काे दबाबका कारण सरकारले निर्णय लिन सकिरहेको थिएन । कामपाले आजै एक विज्ञप्ति जारी गर्दै भोलिबाटै एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।