३ वैशाख, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ७०० ले बढेको छ । शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० सय रुपैयाँ तोकिएको छ ।
आजका लागि तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । प्रतितोला १० रुपैयाँले बढेर चाँदीको मुल्य १३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको हो ।












