गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा अबस्थित जय नेपाल सामाजिक युवा संस्थाले सिमेन्टको इँटा बनाउने तालिमको समापन गरेको छ |
माग १४ गते देखि युवा स्वरोजगारको लागि १५ दिने सिमेन्टको इँटा बनाउने तालिमको संचालन गरिएको थियो । समापन कार्यक्रमको संचालन मदन प्याकुरेल गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर सुबेदीले बोल्दै यस जय नेपाल सामाजीक युवा संस्थाले युवाहरुको क्षेत्रमा बिगत लामो समय देखि काम गर्दै आएको बताउनु भयो |
“युवाहरु काम नपाएर दिनहु हजारौं संख्यामा बिदेशिनु परेको छ, यस्ता प्रकारको तालिमले देशमै रोजगार मिल्न सकोस् र केहि गर्न सकुन भन्ने हाम्रो उदेश्य हो । त्यसैले हाम्रो संस्थाले बिगत लामो समय देखि स्वरोजगार मुलक तालिम संचालन गर्दै आउदै छ ।
यो तालिम संचालन गर्नुको मुख्य उद्देश्य पनि आत्मनिर्भर भएर स्वदेशमा नै बस्न सकोस् भने हो ” कार्यक्रमका सभापति राजु सुनारले बताउनु भयो | त्यस्तै युवा परिचालन समितिका अध्यक्ष पाल्देन लामाले बोल्ने क्रममा तालिमका सहभागीहरु लागि लक्षित गर्दै , बाघको बच्चा र स्यालको बच्चा उस्तै देखिन्छन तर बाघको बच्चा बाघ नै हो । हामी नेपाली पनि बाघ हौ । हामिले नेपालको बिकास गर्न नेपालमा रोजगार गर्ने गर्नु पर्छ भनेर बताउनु भएको थियो । ´












